शंखमूलमा एक पुरूष मृत फेला

Thankot Times

थानकोट ।

काठमाडौंको शंखमूलमा एक जना पुरूषको शव फेला परेको छ।

बुधबार काठमाडौं महानगरपालिका-३१ शंखमुलस्थित डेरामा एक जना पुरूष मृत फेला परेको प्रहरीले जनाएको छ।

मृतक मोरङ विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन्।

उनी आफ्नै कोठामा मृत फेला परेका हुन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *