विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान, १५ दिनभित्र आवेदन पेश गर्न सकिने
थानकोट ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ ।
शुक्रबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने जनाएको छ ।
आवेदन दरखास्त पेश गर्ने अन्तिम दिनसम्म उमेर ३५ वर्ष पूरा भएको, आमसञ्चार, कानुन, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको र सो क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित मन्त्रालयमा दरखास्त पेस गर्न सक्नेछन् ।
सूचना हेराैंः



















