चन्द्रपुरमा चोरीको मोटरसाईकल सहित दुईजना युवक पक्राउ
थानकोट ।
ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको टोलीले चोरीको मोटरसाईकल सहित दुईजना युवक लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गरूडा नगरपालिका ४ बस्ने बर्ष २० को आशुतोष कुमार साह र सोही ठाउँका बर्ष १९ को जयराम साह कलवार रहेको ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरका प्रमुख डिएस्पी राजकुमार राईले न्युज कारखाना लाई बताए।
गत बुधबार दिउँसो २ बजे ईलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरी गस्ती टोलीले चन्द्रपुर नगरपालिका १० बालचनपुर चोक नजिक पश्चिम किनारमा २ जना पुरूष व्यक्ति निलो रंगको मोटरसाईकल सहित शंकास्पद अवस्थामा भेटिएपछि नियन्त्रणमा लिएको थियो।
उनीहरूसँग उक्त भारतीय नम्बर प्लेटको मोटरसाईकलको काजगात माग गर्दा देखाउन नसकेपछि पक्राउ परेका हुन् ।
उनीहरूले सो मोटरसाईकल चोरी गरि ल्याएको पुष्टि भएपछि चोरी सम्बन्धी मुद्दा दायर गरी म्याद थप गरी थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।


















