बूढानीलकण्ठको चपलीमा एक युवकको शव फेला, सनाखत हुन बाँकी

Thankot Times

थानकोट ।

काठमाडाैंको बूढानीलकण्ठ नगरपालिका–३ चपली घुम्तीस्थित झाडीमा एक युवकको शव भेटिएको छ ।

अन्दाजी ३० वर्ष जतिका युवकको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

उक्त शवको हालसम्म शवको सनाखत हुन सकेको छैन् ।

घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *