बूढानीलकण्ठमा करेन्ट लागेर एक जना युवकको मृत्यु
थानकोट ।
काठमाडाैंको बूढानीलकण्ठ नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दियाको मधुवन नगरपालिका-८ घर भई बूढानीलकण्ठ बस्दै आएका २५ वर्षीय कृष्ण चौधरी छन् ।
उनको आइतबार मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
घरको जग हेम्बरिङ मेसिनले खन्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि ग्रान्डी अस्पतालमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।


















