त्रिशूली-३ ‘ए’ सुरुङबाट कीर्तिपुरका कविर, सप्तरीका संजयको जीवितै उद्धार, हेलिकप्टरबाट काठमाडाैं ल्याइँदै

Thankot Times

थानकोट ।

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार भएको छ ।

 रास्वपा सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङ भित्रबाट सञ्जय साह र कविर महर्जनको जीवित उद्धार गरिएको हो । । साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेका थिए ।

नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारमा खटिरहेको छ ।

उनीहरू दुवै जनालाई थप उपचारका लागि काठमाडाैं ल्याइँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ