काठमाडाैंको बालाजुमा एक महिलाद्वारा आत्मदाह प्रयास
थानकोट ।
काठमाडौंको बालाजुमा एक महिलाले आफैंलाई आगो लगाएकी छन् ।
काठमाडौं महानगरपालिका–१६ स्थित जागृत टोलमा बस्ने ४५ वर्षीय बिना श्रेष्ठले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए ।
गएराति १० बजेतिर शरीरमा आगो लगाएपछि परिवारको सदस्यहरूले उनलाई नयाँ बजारस्थित पिपल्स अस्पताल लगेका थिए ।
चिकित्सकका अनुसार उनको पेट, छाती र बायाँ हातमा करिब २५ प्रतिशत जलन भएको छ ।
उनका अनुसार श्रीमानसँग विवाद भएपछि उनले आगो लगाएकी हुन् ।
घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


















