बिहानै दुर्घटनाको खबर, थानकोट गाेदाममा चित्लाङबाट आउँदै गरेको मालबाहक ट्रक पल्टियाे
थानकोट ।
चन्द्रागिरि नगरपालिका ४ स्थित थानकोट गोदाम चोकमा आज (*बिहीबार) बिहान एउटा मालबाहक ट्रक दुर्घटना भएको छ ।
चित्लाङ्गबाट थानकोट आउँदै गरेको उक्त ट्रक दुर्घटनामा पर्दा साे ट्रकका चालक तथा सहचालक घाइते भएका छन् ।
ना ४ ख ४८ नम्बरको ट्रक दुर्घटना भएको प्रहरी वृत्त थानकोटले जनाएको छ।
सो दुर्घटना बिहान करिब ५ बजे भएको बताइएको छ ।
* सच्याइएकाे












