आज बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्ने
थानकोट ।
मन्त्रिपरिषद्को बैठक आज बिहान १० बजे बस्दै छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने अपेक्षा गरिएको छ ।
पारित नीति तथा कार्यक्रम आजै दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् ।
बैठकमा शिक्षक, चिकित्सक लगायतसँग भएका सहमति र विभिन्न मन्त्रालयका नियमित एजेन्डामा पनि छलफल हुने बताइएको छ ।
यसका साथै मन्त्रालयहरुका नियमित प्रस्तावहरुमाथि पनि छलफल तथा निर्णय हुनेछ ।












