नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजा आज शपथ लिँदै
थानकोट ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे उनलाई शपथ ग्रहण गराउनेछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा गर्बुजालाई वैशाख १७ गते राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।
यसअघि वैशाख १० गते पूर्णबहादुर तामाङ (कान्छाराम) लाई राज्यमन्त्रीबाट बर्खास्त गरिएपछि उक्त पद रिक्त थियो ।
नेपाली काँग्रेस म्याग्दीका सभापति समेत रहेका गर्बुजा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।












