जुवातास खेलिरहेको अवस्थामा १३ जना समातिए
थानकोट ।
भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका-५ चपाचोस्थित सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा फुर्वा समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ५ सय ५० रुपैयाँ र ५ बुक ताससहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ कोटेश्वर बस्ने नुवाकोट तादी गाउँपालिका३ घर भएका ३२ वर्षीय सुजन दाहालसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रुपैयाँ र ९ बुक ताससहित बिहीबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















