अनि नागार्जुनबाट समातिए ‘भान्जो’

Thankot Times

थानकोट ।

काठमाडौंमा हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–३ का २८ वर्षीय सुरज तामाङ छन् ।

नागार्जुन–३ मै बस्दै आएका सिन्धुलीको फिक्कल गाउँपालिका–५ का ४५ वर्षीय सन्तोष माझीको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार (वैशाख १९) दिउँसो सुरजलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरीका अनुसार, सुरज नातामा सन्तोषको भान्जा पर्छन् ।

उनले फलामको पाइप प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *