नियमित मर्मतका लागि चन्द्रागिरि केबलकार सेवाको तालिकामा हेरफेर, बिहान १० बजेबाट मात्रै खुल्ने

Thankot Times

थानकोट ।

नियमित मर्मतका लागि चन्द्रागिरि केबलकार सञ्चालनको तालिकामा हेरफेर भएको छ ।

हिजो सोमबारबाट चन्द्रागिरि केबलकार बिहान १० बजेबाट खुला गरिएको हो ।

सो क्रम बुधबारसम्म जारी रहने चन्द्रागिरि हिल्सले जनाएको छ ।

नियमित मर्मतसंभारका लागि केबलकारको सेवा केही घण्टा रोकिएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *