संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
थानकोट ।
सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक सवा १२ बजेका लागि बोलाइएको छ ।
दुवै बैठकमा आर्थिक वर्ष २०८२-०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत वैशाख १९ गते आर्थिक वर्ष २०८२-८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।














