४० लाख रुपैयाँ हुण्डी कारोबारको आरोपमा चन्द्रागिरिका एकसहित दुई जना पक्राउ

Thankot Times

थानकोट ।

४० लाख ३२ हजार ५ सय रुपैयाँ हुन्डी कारोबारको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत, कलकत्ता यादवपुर घर भएका हल काठमाडौँ महानगरपालिका-२३ ओम बहालमा बस्ने वर्ष ६७ वर्षी सुरज दत्त र रुपन्देही, देवदह नगरपालिका घर भइ चन्द्रागिरि नगरपालिका बस्ने ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन् ।

काठमाडौँस्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलामा रीतपूर्वक खानतलासी गर्दा नगद चालिस लाख बत्तीस हजार पाँच सय हुन्डीको रकम कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँबाट खटिएको प्रहरी टोलीले उक्त रकमसहित उनीहरूलाई हिजो (मंगलबार) बेलुका पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूको साथमा सामसङ कम्पनीको मोबाइल २ थान, विभिन्न बचत तथा ऋण सहकारी संस्था लि.को चेक १९ थान, पास बुक–११ थान र हस्ताक्षर मात्र गरेको खाली चेक २ थान बरामद गरेको छ ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *