युवा संघ नेपाल चन्द्रागिरि नगर अध्यक्षमा महेश्वर श्रेष्ठ सर्वसम्मत

Thankot Times

थानकोट ।

नेकपा एमाले निकट युवाहरूको संस्था युवा संघ नेपालको चन्द्रागिरि नगर अध्यक्षमा महेश्वर श्रेष्ठ सर्वसम्मत भएका छन्।

शनिबार अबेर साँझ सम्पन्न संघको दोश्रो नगर अधिवेशनले अध्यक्षमा पुनः श्रेष्ठलाई चयन गरेको बताइएको छ ।

संघका सबै ३१ सदस्यीय कमिटि सर्वसम्मत भएको नेकपा एमाले स्रोतले थानकोट टाइम्सलाई जानकारी दियाे।

यसअघि शनिबार बिहान चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँमा युवा संघका केन्द्रीय उपाध्यक्ष प्रकाश गाैतमले अधिवेशनको उद्घाटन गरेका थिए ।

यस्तै, संघको उपाध्यक्षमा निशान महर्जन, सचिवमा मनिष श्रेष्ठ, सह-सचिवमा रिता मग्राती, उप-सचिवमा उज्वल महर्जन र कोषाध्यक्षमा सुनिता महर्जन चयन भएकी छन् ।

सदस्यहरूमा क्रमशः सुधिर थापा, जयराम तामाङ, सुधिर बस्नेत, राधिका कुँवर, राज आलेमगर, सुगम आलेमगर, रोमन श्रेष्ठ, सरुप श्रेष्ठ, सुजन महर्जन, प्रलिस्या महर्जन, निशान पोखरेल, इस्मिता पहेली, अञ्जन थापा, सन्तोष अर्याल, मन्दिप तामाङ, बविन थापा, अनिल श्रेष्ठ, डेजिना महर्जन, दिवाकर न्यौपाने, रक्की श्रेष्ठ, सगर बुढाथोकी, सुरेन्द्र महर्जन, लक्ष्मी थिङ देउजा, रोमन महर्जन, सुविन रावल र विवेक देउला सर्वसम्मत चयन भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *