‘दाह्री बा’ सुरवीर पण्डितले भिडियो रेकर्ड गरेरै माफे मागे, के थियो कारण ?
थानकोट ।
क्रिश्चियन गीतमा अभिनय गरेको भन्दै सुरवीर पण्डितले माफी मागेका छन् ।
केही दिन अघि उनले सो धर्मको प्रचार हुने गरी अभिनय गरेपछि व्यापक आलोचना भएको थियो । सो पश्चात उनले एउटा भिडियो सन्देश मार्फत माफी मागेका हुन् ।
‘कलाकार भए पछि जे पनि गर्न तयार हुनुपर्छ भन्ने मान्यता अनुसार मैले केही दिन अघि क्रिश्चियन गीतमा अभिनय गरेको थिएँ तर सो गीतमा मेरा धेरै गुरू अग्रज र शुभचिन्तकहरूले आलोचना गर्नु भएको छ, हाम्रो उद्देश्य अभिनय मात्रै गर्ने थियो, अरू थिएन्,’ उनले माफी माग्दै भनेका छन, ‘यो गीतमा अभिनय गरेर गल्ती गरेको अनुभति भएको छ, हामी सबै माफी माग्दछौं, अब यस्तो गल्ति हामीबाट हुन्न ।’













