तरुण दलको आयोजनामा सतुङ्गलमा पाँचाै बृहत रक्तदान शिविर सम्पन्न, १३३ जनाले गरे रक्तदान
थानकोट ।
२५६९औं बुद्ध जयन्तीका अवसरमा नेपाल तरुण दल काठमाडाैं क्षेत्र नं. १० ले सोमबार बिहान सतुङ्गलमा संयोजन गरेको रक्तदान शिविरमा उत्साहजनक सहभागिता पाइएको छ ।
सतुङ्गलस्थित लाछीमा बिहान ७ः३० बजेबाट आयोजना भएको सो शिविर बिहान ११ बजे सकिएको नेपाल तरुण दल काठमाडाैं क्षेत्र नं. १० का सभापति एवं कार्यक्रम संयोजक इश्वर लामाले जानकारी दिए ।
शिविरमा १३ जना महिलासहित १३३ जनाले रक्तदान गरेका छन्।
त्रिवि लायन्स रक्तसञ्चार अनुसन्धान केन्द्र तथा मेट्रो ब्लड बैंकको प्राविधिक सहयोगमा सो शिविर सम्पन्न भएको हो ।
सो क्रममा सांसद् यमुनादेवी श्रेष्ठ, पुकार महर्जन, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, कीर्तिपुर नगरका मेयर कृष्णमान डंगोल्, नेपाली काँग्रेस केन्द्रीय सदस्य उर्मिला थपलिया, लगायतको उपस्थिति रहेको थियो ।
नेपाल तरुण दलले विगत पाँच वर्षदेखी रक्तदान शिविर समेत सञ्चालन गर्दै आएको छ, यस पटक भने सहभागिता उल्लेख्य रहेको आयोजकको भनाइ छ ।












