चित्लाङबाट थानकोट आउँदै गरेको गाडी पानीघाट नजिकै दुर्घटना

Thankot Times

थानकोट ।

चित्लाङबाट थानकोटतर्फ आउँदै गरेको मालबाहक गाडी पानीघाट नजिकै दुर्घटनामा परेको छ ।

काँचो नरिवल लोड भएको प्र. १ ०१ ००१ च ७९०७ नम्बरको टाटा मोबाइल बुधबार बिहान सडकमै पल्टिएको हो ।

सो दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।

सो गाडी दुर्घटना भएको स्थानको सडक केहीअघि  मात्रै कालोपत्रे भएको थियो ।

भिरालो तथा मोडमा तिव्र गतिमा रहेको सो गाडी दुर्घटनामा परेको प्रत्यक्षदर्शीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *