चन्द्रागिरिबाट ५३ मिनेटमा चितवनको टाँडी पुगिने ‘एक्सप्रेस वे’ अगाडि बढाउन शर्माको प्रस्ताव

Thankot Times

थानकोट ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले २०७९ सालको बजेटमा आएको काठमाडौं–चितवन ‘एक्सप्रेस वे’को काम अगाडि बढाउन अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा पूर्व अर्थ मन्त्री शर्माले ५३ मिनेटमा काठमाडौंबाट चितवनको टाँडी पुगिने ‘एक्सप्रेस वे’को काम अगाडि बढाउन सुझाव दिएका हुन् ।

चन्द्रागिरि-चितवन एक्सप्रेस-वे बनाउन २ खर्ब २१ अर्ब लागत, काठमाडौंबाट ५७ मिनेटमै चितवन !

‘काठमाडौं–मुग्लिन–चितवन सडकको हामी बारबार कुरा गर्छाैं, दुर्घटना हुन्छ, बसहरू खसिरहन्छन् । फेरि दोहोर्‍याएर भन्न चाहन्छु– ५३ मिनेटमा चितवनको टाँडी पुग्नेगरी मैले नै डीपीआर गराएर लगानी बोर्डलाई हस्तान्तरण गरेको रिपोर्ट छ,’ शर्माले भने, ‘बजेट हाल्नुपर्दैन, नीतिमा ल्याउनुस्, कुनै लगानीकर्तालाई टोल उठाएर त्यसको पैसा तिर्ने गरी दिनुभयो भने चन्द्रागिरि मुनिबाट थाहा हुँदै ५३ मिनेटमा पुगिने बाटो बन्छ । त्यो बनाऊँ, जनधनको क्षति पनि कम हुन्छ र समय पनि बच्छ ।’

२ खर्ब २१ अर्ब रूपैयाँको चन्द्रागिरि-चितवन एक्सप्रेस वेमा लगानीकर्ताले देखाएनन् चासो


Leave a Reply

Your email address will not be published. Required fields are marked *