नागढुङ्गामा कुटपिटमा संलग्न दुवै प्रहरी जिम्मेवारीमुक्त

Thankot Times

थानकोट ।

नागढुंगामा कुटपिटमा संलग्न प्रहरी कर्मचारीहरू कारबाहीमा परेका छन् ।

दुवै जनालाई अहिलेको जिम्मेवारीबाट हटाइएको हो ।

ट्राफिकका एक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटपिट गरेको भिडिओ बुधबार दिउँसो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

भिडिओ सार्वजनिक भएपछि दुवैलाई प्रधान कार्यालय बोलाइएको थियो । लगत्तै उनीहरूलाई जिम्मेवारीबाट हटाएर अहिले छानबिनको प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ ।

उक्त विषयमा थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *