सतुङ्गल आगलागी प्रकरणः पिडितलाई राहत दिन मुख्यमन्त्री लामासमक्ष सांसद् श्रेष्ठको माग

Thankot Times

थानकोट ।

गत बिहीबार बिहान चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलस्थित राधेराधे व्यापारिक केन्द्रमा भएको आगलागीका पिडितलाई तत्काल राहत उपलब्ध गराउन माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई ज्ञापनपत्र बुझाइएको छ ।

सोमबार हेटाैंडामा मुख्यमन्त्री लामालाई प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठले ध्यानाकर्षण पत्र बुझाउँदै सो आगलागी पिडितहरूका लागि तत्काल राहत उपलब्ध गराउन माग गरेको सांसद् श्रेष्ठ थानकोट टाइम्सलाई जानकारी दिइन् ।

सतुङ्गलमा आगलागी भएको विषयमा मुख्य मन्त्री लामाले ध्यानाकर्षण भएको बताउँदै राहत दिने सन्दर्भमा आफु गम्भीर भएको बताएको धारणा राखेको सांसद् श्रेष्ठको भनाइ छ ।

उक्त आगलागीका क्रममा दर्जनाैं पसलमा क्षति पुगेको र करिब १० करोड रुपैयाँको संरचना तथा सरसामानको क्षति भएको पिडितहरूको दाबी छ ।

सतुङ्गल आगलागी प्रकरणः दर्ता भएका व्यवसायीलाई राहत दिने प्रकृयामा चन्द्रागिरि नगरपालिका

सतुङ्गलस्थित एक कम्प्लेक्समा भीषण आगलागी, सयौं सुरक्षाकर्मी परिचालन, सडकमा सवारीसाधनकाे लाम


Leave a Reply

Your email address will not be published. Required fields are marked *