चन्द्रागिरि नगरमा लागूऔषध दुर्व्यसनरहित घर अभियान सुरु

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका तथा काठमाडाैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको संयुक्त आयोजनामा चन्द्रागिरि नगरमा लागू औषध दुर्व्यसनरहित घर अभियान सुरु गरिएको छ ।

चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी तथा काठमाडाैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक तामाङले अभियानको संयुक्त रुपमा थालनी गरेका हुन् ।

अभियान आरम्भका अवसरमा जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, प्रहरी वरिष्ठ उपरिक्षक नवराज अधिकारी, चन्द्रागिरि नगर उपप्रमुख बसन्ती श्रेष्ठ, नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, प्रहरी वृत्त थानकोट प्रमुख डीएसपी एलिजा गिरी, प्रहरी प्रभाग बलम्बु प्रमुख इन्स्पेक्टर लक्ष्मी खड्का, प्रहरी प्रभाग नागढुङ्गा प्रमुख हिक्मत थापा लगायत चन्द्रागिरि नगरका कार्यपालिका सदस्य, नगर सभा सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक एवं शिक्षकहरू, चन्द्रागिरि हिल्सका महाप्रबन्धक अरुण प्रधान, नेपाल औषधी व्यवसायी संघ काठमाडौंका अध्यक्ष शंकर महर्जन राष्ट्रिय र कलाकार दिपकराज गिरी, राष्ट्रिय सेवा दलका सदस्य, महिला स्वास्थ्य स्वयंसेवीका लगायत विभिन्न स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नेपाल औषधी व्यवसायी संघ काठमाडाैं जिल्ला शाखासँगको सहकार्यमा संयोजित उक्त कार्यक्रममा चन्द्रागिरि नगरपालिका क्षेत्रमा हुने लागू औधष दुर्व्यसनजन्य गतिविधि न्यूनीकरणका प्रयास लगायतका विषयमा कार्यक्रमका वक्ताहरूले धारणा राखेका थिए ।

समुदाय प्रहरी साझेदारी अन्तर्गतको यस अभियानमा चन्द्रागिरि नगरका हरेक घरमा लागुऔषध दुर्व्यसन विरुद्धको स्टिकर टाँस गर्ने कामसमेत हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *