बलम्बुस्थित एक कारखानामा भीषण आगलागी
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१२ बलम्बु जमुनापाटीमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ ।
बुधबार दिउँसो करिब ४ः३० बजे पुराना कपडा पेल्ने कारखानामा सो आगलागी भएको हो ।
अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको बुझिएको छ ।
यसबारेमा थप विवरण आउन बाँकी रहेको छ ।
आगलागी नियन्त्रणमा लिन चन्द्रागिरि नगर, नेपाल आयल निगम लगायतका बारुण यन्त्र परिचालन गरिएका छन् ।
तस्वीरः कृष्णहरि बस्नेत












