राप्रपाले भन्यो- नेता कार्यकर्ता रिहा नभए थप आन्दोलनको घोषणा
थानकोट ।
राप्रपाले पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहा नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “गिरफ्तार हुनुभएका नेता, कार्यकर्ताहरुको रिहाइ अविलम्ब र बिना सर्त रिहाइ गर्न राप्रपा सरकारसँग माग गर्दछ ।
गिरफ्तार हुनुभएका नेता, कार्यकर्ताहरुको रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्नेछ ।”













