नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा बिहान ८ बजे सुरु हुने गरी बैठक बोलाइएको हो ।

कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधन भएपछि त्यसको शोक प्रस्ताव पारित गर्न आजको बैठक बोलाइएको हो ।

यसअघि आगामी असार १५ गते बस्नेगरी तय भएको बैठक अगाडि नै बोलाइएकोले आकस्मिक बैठक भनिएको मुख्यसचिव  कृष्णप्रसाद पौडेलले  जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *