बैंकिङ कसुर मुद्दाका प्रतिवादी दहचोकका ३० वर्षीय युवा पक्राउ

Thankot Times

थानकोट ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दाका प्रतिवादीलाई काठमाडाैंको गाैशलाबाट नियन्त्रणमा लिएको छ ।

सो कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा गोरखा घर भएका ३० वर्षीय समीरराज वाग्ले छन् ।

वाग्लेमाथि जिल्ला अदालत काठमाडाैंले ७ लाख पचास हजार रुपैयाँ बिगो माग गरेको मुद्दा छ ।

बिहीबार समातिएका वाग्ले दहचोक बस्दै आएको पनि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको बुलेटिनमा उल्लेख छ ।

उनीमाथि प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *