आज प्रतिनिधि सभामा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली
थानकोट ।
संघीय संसद् प्रतिनिधि सभाको बैठक बस्दै छ ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यले सोधेका प्रश्नको जवाफ दिर्ने सम्भावित कार्यसूची छ ।
आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।












