बीपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक लगाउने अन्तरजिल्ला समन्वय समितिको निर्णय
थानकोट ।
बीपी राजमार्गमा राति यातायात सञ्चालन रोक लगाइने भएको छ ।
शनिबार (असार ७) राति १२:३० देखि बिहान ५:०० बजेसम्म १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाइने भएको हो ।
काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको शुक्रबारको बैठकले उक्त निर्णय गरेको हो ।
मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई हाललाई १५ दिनका लागि राति सञ्चालनमा रोक लगाउने निर्णय गरिएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।
उनका अनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौंबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिने छ ।
तस्वीरः प्रकाश गोपाली


















