चन्द्रागिरिमा १ जना विद्यार्थीका लागि प्रतिमहिना २८१७ रुपैयाँ सरकारी लगानी

Thankot Times

थानकोट । 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ को प्रतिवदेन अनुसार चन्द्रागिरि नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा सो वर्ष ३४ करोड ६६ लाख रुपैयाँ भन्दा धेरै रकम शिक्षा क्षेत्रमा खर्च भएको छ ।

सो प्रतिवेदनका अनुसार नगर क्षेत्रका २४ वटा सामुदायिक विद्यालयमा १०२५४ जना विद्यार्थी अध्ययनरत छन् । कुल शिक्षक दरबन्दी ३८५ भएको नगरमा ७९ पदमा करारका शिक्षक कार्यरत रहँदा २३ वटा पद रिक्त छ । 

प्रतिवदेनका अनुसार नगरको शिक्षक विद्यार्थी अनुपान १ः२९ रहेको छ ।

यस्तै प्रतिवेदनमै नगरका प्रधानाध्यापकको मनोबल उच्च रान्न प्रअ भत्ता मासिक मावि, निमावि र प्राविका लागि क्रमश १ हजार ८ सय र ६ सयका दरले २२ विद्यालयलाई १ वर्षमा लागि २ लाख ४२ हजार ४ सय रुपैयाँ भुक्तानी भएको र सो प्रोत्साहन भत्ता भुक्तानी गर्ने कुनै कानुनी आधार नदेखिएकोले यस्तो खर्च नियम संगत नदेखिएको उल्लेख छ ।

प्रतिवेदनले नगर क्षेत्रका विद्यालयमा सञ्चालन भएको जीवनउपयोगी सिपमुलक शिक्षा दिँदा खर्च भएको ८ लाख ७५ हजार रुपैयाँको कुनै प्रमाण पेश नदेखिएको भन्दै सो प्रमाण पेश गर्न र नभए सो रकम असुल उपर गर्न समेत सुझाएको छ । 

प्रतिवदेनमा उल्लेख भएअनुसार नगर क्षेत्रका सामुदायिक विद्यालय तथा परम्पारगत विद्यालयलाई समेत संघ, प्रदेश र स्थानीय तहको आफ्नै स्रोतबाट गरि जम्मा खर्च ३४ करोड ६६ लाख २१ हजार ५६ रुपैयाँ भएको उल्लेख छ ।

जसअनुसार प्रति विद्यार्थी मासिक रू २ हजार ८ सय १७ रुपैयाँ खर्च भएको देखिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ