राष्ट्रिय स्वतन्त्र पार्टीमा महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिएको छ । 

शनिबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिएको हो । उनी यसअघि कार्यवाहक महामन्त्री थिए । 

रास्वपाले कार्यवाहक हटाएर उनलाई महामन्त्री बनाएको हो ।

मुकुल ढकालमाथि पार्टीले गरेको अनुशासनात्मक कारबाहीपछि बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिइएको थियो।

यस्तै, केन्द्रीय समिति बैठकले मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

झा यसअघि कार्यवाहक प्रवक्ता थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *