प्रतिनिधि सभाको बैठक आज पनि जारी रहने

Thankot Times

थानकोट ।

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आजपनि बस्दै छ ।

बिहान ११:०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा सो बैठक बस्ने तालिका छ ।

बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथिको छलफल जारी रहने छ ।

संघीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, शहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ ।

यस्तै, सांसदहरूले राखेको खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ ।

यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची समेत तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *