काेटेश्वरमा माेटरसाइकल दुर्घटना, २५ वर्षीय माेटरसाइकल चालकको ज्यान गयाे

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर नजिक सडकमा बा.प्र. ०२–०३७ प ६८२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २५ वर्षीय पवन पराजुलीको मृत्यु भएको छ ।

शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *