नेसपा पार्टी पुनर्गठन
थानकोट ।
महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले पार्टी पुनर्गठन गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी पुनर्गठन गरेको हो ।
बैठकले अध्यक्ष महिन्द्र राय यादव, रमेशप्रसाद यादव, राजु थापा, ढाकाराम गौतम, मीनराज बडु, देवेन्द्र यादव, देवीबहादुर बुढाथोकी लगायत रहने गरी ९ सदस्यीय सचिवालय गठन गरेको छ । बाँकी दुई सदस्य अर्को बैठकले गर्ने महासचिव यादवले जानकारी दिए ।
यसैगरी कोशी प्रदेशका इन्चार्जमा कृष्णप्रसाद भट्टराई, युवा र आइटी इन्चार्जमा विजय खड्का नियुक्त गरेको छ । यस्तै बैठकले ११ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ ।
मनोनीत हुनेमा हितराज जोशी, शर्मिला कार्की, खुमकुमारी बुढा, बडक गडरिया, नारायण भण्डारी, बृन्दा बस्ताकोटी, दिलबहादुर लामा, कुमराज मजाकोटी, बालकृष्ण शर्मा, अप्सरा पौडेल र नवराज देवकोटा रहेका छन् ।
जेठ १२ गते सह अध्यक्ष गंगानारायण श्रेष्ठ समूह नेकपा माओवादी केन्द्र फर्किएपछि नेसपाले पार्टी पुनर्गठन गरेको हो ।












