एकाबिहानै दुर्घटनाको खबर, ढुङ्गाअड्डामा ट्रक र २ वटा माेटरसाइकल ठाेकिए, एक जनाकाे मृत्यु
थानकोट ।
ढुङ्गाअड्डामा दुईवटा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एक जनाकाे मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका हुम्लाका २२ वर्षीय धीरेन्द्र भियालको सहिद मेमोरियल अस्पताल कलंकीमा मृत्यु भएको हो ।
५० वर्षका मुक्ति नारायण श्रेष्ठ घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको छ ।
गएराति ८ बजेर २५ मिनेटमा कलंकीदेखि थानकोटतर्फ आउँदै गरेको ना ६ ख ८६७४ नम्बरको ट्रक तथा बा.प्र.०२–०४९ प ४९५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ६३ प २०७७ नम्बरको अर्को मोटरसाइकल आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।
यसबारेमा थप अनुसन्धान भइरहेको बताइएको छ।












