सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

Thankot Times

थानकोट ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा गणेश लामाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।

सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले दाबी नपुग्ने भन्दै लामालाई सफाइ दिएको हो ।

लामाविरुद्ध २०७० जेठ ५ गते १ करोड ४० लाख रुपैयाँको मुद्दा दायर भएको थियो ।

विशेष अदालतले २०७५ साउन २४ गते दोषी ठहर गर्दै १ वर्ष कैद, बिगो बमोजिम जरिवाना र सोही बराबर सम्पत्ति जफतको फैसला गरेको थियो ।

उक्त फैसलाविरुद्ध सोही वर्ष पुस ९ गते लामा विशेषको फैसलाविरुद्ध सर्वोच्च पुगेका थिए । लामा सर्वोच्च पुगेपछि सरकारी वकिलको कार्यालयले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

लामालाई सफाइ दिँदै सर्वोच्चले सरकारी वकिलको पुनरावेदन जिकिर दाबी नपुग्ने ठहर गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *