भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारले बनायो समिति

Thankot Times

थानकोट ।

सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले  पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।

समितिको सदस्यमा गृह, संघीय मामिला र परराष्ट्र मन्त्रालयका सहसचिव रहनेछन् ।

भिजिट भिसा लगायतका प्रकरणमा जोडिएकाहरूको छानबिनको लागि उच्चस्तरीय छानबिन आयोग, न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति बनाउनुपर्ने अडान राख्दै रास्वपाले प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आइरहेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *