नेकपा एमालेको सचिवालय बैठकको समय सारियो
थानकोट ।
आज दिउँसो १ बजेका लागि तय गरिएको नेकपा एमाले सचिवालय बैठक तयारी नपुगेका कारण दुई घण्टा पछाडि सरेको छ।
बैठक आजै दिउँसो ३ बजे बस्ने भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्।
बैठकमा आगामी विधान महाधिवेशनको तयारीबारे छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।












