आज तीन संसदीय समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिहरूको बैठक बस्ने भएको छ । 

विधायन व्यवस्थापन समितिको बैठक बिहान ९ बजे बस्नेछ ।

बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ ।

बैठकमा नेपालमा मनसुनजन्य विपदबाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सबै सुरक्षा निकायका प्रमुख, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सरोकारवाला निकायहरूसँग छलफल हुनेछ । 

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *