चर्चामा चन्द्रागिरिको बजेटः मेयर गिरीले बिहानै देखाए ८ वर्षको ‘रातो किताब’

Thankot Times

थानकोट । 

आर्थिक वर्ष २०८२-८३ का लागि गत आइतबार चन्द्रागिरि नगरपालिकाको १६औं नगर सभाको दोश्रो बैठकमा प्रस्तुत गरिएको वार्षिक अनुमानित बजेटलाई लिएर अनेक टिका टिप्पणी भइरहँदा नगरप्रमुख घनश्याम गिरीले बिहीबार बिहान आफ्नो सामाजिक सञ्जालमा ८ वर्षको राजपत्र अपलोड गरेका छन् । 

नगरप्रमुख गिरीले सामाजिक सञ्जालमा लेखेका छन्ः

चन्द्रागिरि नगरपालिकामा आ.व. २०७४/२०७५ देखि २०८१/२०८२ सम्मको अनुमानित आन्तरिक तथा अन्य आय प्रक्षेपण र चन्द्रागिरि नगर सभा सन्चालन कार्यविधि,२०७५ लगाएतका ऐन तथा कार्यविधिहरु नगरपालिकाको वेभसाइट
chandragirimun.gov.np मा हेर्न सकिने वा नगरपालिका बाट प्रकाशित राजपत्र पुस्तिका प्राप्त गर्न सकिने छ..
उपमेयर बसन्ती श्रेष्ठसहित नेकपा एमालेबाट नगर सभामा प्रतिनिधित्व जनाउने जनप्रतिनिधिहरूले नगर प्रमुखले घाटा बजेट पेश गरेर नगरलाई अनिश्चयतर्फ धकेलेको भन्दै बजेट सेसन बहिष्कार गरेपछि सो कदमको पक्ष र विपक्षमा बहस भइरहेका छन् ।
उसो त बुधबार साँझ नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतले नगरको बजेट बहिष्कार प्रकारणका बारेमा पार्टीका तर्फबाट आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । 
नगरप्रमुख गिरीले सामाजिक सञ्जालमार्फत पछिल्लो ८ वर्षको बजेट किताब सार्वजनिक गर्नुलाई नेकपा एमालेले सार्वजनिक गरेको प्रेस विज्ञप्तिको जवाफका रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *