बागमती प्रदेश सभा बैठक बस्दै

Thankot Times

थानकोट ।

बागमती प्रदेश सभा बैठक आज बस्दै छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रदेश सरकारले गत असार १ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट तथा कार्यक्रम माथि छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालय हेटौँडाले जनाएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकमा सांसदहरूले बजेटमाथि धारणा राख्नेछन् ।

बागमती सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि कुल रु ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक सन्तुलन, उत्पादनशीलता वृद्धि र सामाजिक विकासलाई लक्ष्य गर्दै बजेट प्रस्तुत गरिएको प्रदेश सरकारको दाबी छ।

बजेटमा चालु खर्च तर्फ २६ अर्ब ४४ करोड (३८.६ प्रतिशत) र पुँजीगत खर्च तर्फ ४१ अर्ब ०३ करोड (६१.४ प्रतिशत) विनियोजन गरिएको छ। बागमती सरकारले कृषि क्षेत्रमा २ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्टाइएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *