उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिएका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको हो।

प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जानेपछि सिंहलाई उक्त जिम्मेवारी दिइएको हो।

प्रधानमन्त्री ओली भोलि (शनिबार) स्पेन प्रस्थान गर्दैछन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओ‌ली स्पेन भ्रमणमा जान लागेका हुन्।

उनी २० गते स्वदेश फर्किनेछन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *