रास्वपा संसदीय दलको बैठक बस्दै
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार बिहान ९ बजे बस्नेगरि दलको बैठक बोलाइएको हो ।
सो बैठक सङ्घीय संसद् भवनस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।
सो पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिस्कार गर्दै आएको छ।
प्रवक्ता झाका अनुसार अबको रणनीतिका बारेमा छलफल हुनेछ ।












