एसइई २०८१ को ग्रेडवृद्धि परीक्षाको तयारी कक्षा सञ्चालन गर्दै काठमाडाैं शिक्षा क्याम्पस
थानकोट ।
गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अवर्गीकृत (नन ग्रेडिङ) मा परेका परीक्षार्थीहरूका लागि सतुङ्गलस्थित काठमाडाैं शिक्षा क्याम्पसले तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
काठमाडाैं शिक्षा क्याम्पसले मंगलबार एक सूचना जारी गर्दै सो तयारी कक्षामा सहभागिताका लागि असार १८ देखी २४ गतेसम्म नाम दर्ता गर्न सक्ने जनाएको छ ।
सो तयारी कक्षा भने असार २५ गतेदेखी साउन २४ गतेसम्म हरेक दिन बिहान ११ बजेबाट अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । चन्द्रागिरि नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा र चन्द्रागिरि नगरपालिका वडा नं. १० को सहयोगमा उक्त तयारी कक्षा सुरु हुन लागेको क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ताको भनाइ छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार गतवर्ष सञ्चालित परीक्षामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन्।
बोर्डले साउन २९ देखि भदौ ६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म पुरक परीक्षा सञ्चालन हुने बताएको छ ।
यो वर्ष एसइईमा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ।













