सतुङ्गलस्थित एक घरमा प्रहरीद्वारा तलासी
थानकोट ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका सतुङ्गलबाट एक जना युवालाई नियन्त्रणमा लिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार २७ वर्षीय युवालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट, नाईट्राजेपाम १ सय ७२ ट्याब्लेट र नगद १३ हजार रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले ती युवाको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसबारेमा थप अनुसन्धान जारी रहेको बताइएको छ ।
फाइल फोटो












