यी क्षेत्रमा तीन रात नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुने

Thankot Times

थानकोट ।

ललितपुरको पाटन क्षेत्रका विभिन्न स्थानमा तीन रात टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुने भएको छ ।

नेटवर्कको आन्तरिक मर्मत–सम्भार कार्य गर्नुपर्ने भएकाले तीन दिनसम्म रात्रिकालीन समयमा सेवा बन्द हुने दूरसञ्चार कार्यालय, पाटनले जनाएको छ ।

सूचनाअनुसार मर्मत कार्य चल्ने दिनहरूमा बेलुकी ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म एफटीटीएच अन्तर्गतका टेलिफोन, इन्टरनेट र टिभी सेवाहरू प्रभावित हुनेछन्।

साउन १ गते बिहीबार च्यासल, चाकुपाट, ज्वागल, पुल्चोक र २ गते शुक्रबार जाउलाखेल, एकान्तकुना खरीबोट, भनी मण्डल, सानेपा, धोबीघाट क्षेत्रमा सेवा प्रभावित हुने सूचनामा उल्लेख ।

गोरखापत्र दैनिकमा प्रकाशित सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *