तीनवटा संसदीय समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवाल, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ ।

जुन बैठक बिहान ८ः३० बजेवाट सुरू हुनेछ ।

उता, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ ।

जुन बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन छलफल र पारित गर्ने सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *