बिहानै दुर्घटनाको खबर, मध्यरातमा स्कुटर दुर्घटना हुँदा समीक्षाको ज्यान गयो

Thankot Times

थानकोट ।

काठमाडौँको कमलादीमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

कमलादीस्थित प्रज्ञा भवन नजिकै गए राति १:१५ बजे बागमती प्रदेश ०२-०३४ प ३४५८ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-१३ घर भएका काठमाडौँकै वनस्थली बस्ने २५ वर्षीय समीक्षा रिजाल छिन्। दुर्घटनापछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो।

रिजालको उपचारका क्रममा २: १५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *