मध्यपुर थिमीमा दुई जना किशोरी मृत फेला

Thankot Times

थानकोट ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित सिन्टीटारमा दुई किशोरी मृत फेला परेका छन्।

स्थानीय निरज चक्रधरको घरमा डेरा गरी बस्दै आएकी उनीहरू बिहीबार बिहान झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज न्यौपानेका अनुसार, मृत अवस्थामा भेटिएकी किशोरीहरू सोही घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार उनीहरू सुर्खेतको पञ्चपुरी नगरपालिका–८ घर भइ हाल भारतको मुम्बईमा बस्दै आएका १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल हुन्। उनीहरू करिब १५ दिनअघि मात्रै काठमाडौं आएका थिए।

घरधनीका अनुसार ती किशोरीहरू दुई साताअघि मात्र उक्त डेरामा बस्न आएका थिए। प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरू मुम्बईबाट परिवारको साथमा नआइ आफैं भागेर नेपाल आएको हुन सक्ने अनुमान गरिएको छ।

मृतकका बुवा मुम्बईबाट काठमाडौं आउँदै गरेका छन्। उनी काठमाडौं पुगेपछि मात्र घटनास्थलको औपचारिक मुचुल्का उठाइने प्रहरीको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *