नेपाल टेलिकमको सेवामा आज र भोलि मध्यरातमा केही समस्या आउन सक्ने

Thankot Times

थानकोट ।

नेपाल टेलिकमले आज र भोली राती आफ्नो सिस्टम अपग्रेड गर्दै नेटवर्कको गुणस्तर अभिवृद्धि गर्ने भएको छ।

सो अविधमा कम्पनीका सेवाहरुमा समस्या आउन सक्ने जानकारी दिएको छ।

कम्पनीले बिहीबार दिउँसो सार्वजनिक सूचनामार्फत दुई दिन मध्यरात करिब ४ घण्टा भ्वाइस/एसएमएस/डाटा सेवामा केही समस्या आउन सक्ने बताएको हो।

“मोबाइल सेवा प्रणालीको गुणस्तर अभिवृद्धि कार्यको लागि मिति २०८२/०४/०८ तथा २०८२/०४/०९ गते राति ११:५५ बजे देखि करीब ४ घण्टा नेटवर्कको गुणस्तर अभिवृद्धि सम्बन्धी कार्य हुने हुँदा उक्त समयमा भ्वाइस/एसएमएस/डाटा सेवामा केही समस्या ‘आउन सक्ने भएकोले यो सूचना जारी गरिएको छ।” कम्पनीले भनेको छ।

सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *